पाठेघर के कारणले खस्छ, लक्षणहरु के – के हुन् र बांच्ने उपायहरु

नारी कोसिस डटकम/पहिलाका मानिसहरुले आङ खस्ने बिमार छ भनी भन्दथे । वास्तबमा आङ खस्नु भनेको पाठेघर खस्नु हो । पाठेघर खस्नु भनेको महिलाको शरीरमा पाठेघर रहनुपर्ने निश्चित ठाउँ छाडेर योनीबाट बाहिर आउनु वा शरीरभित्रै आफ्नो ठाउँ छोडेर तल खसेको अवस्थालाई जनाउँछ । धेरै बच्चा पाएका महिलामा हुने गरेपनि कहिले काँही पहिलो बच्चा पाएका महिलालाई पनि हुन सक्छ ।
पाठेघर खस्ने कारणहरु :
१.गर्भाशयलाई बाँधेर राख्ने नाशाहरु कमजोर भएर त्यससंग जोडिएका अंगहरु बिस्तारै तल खस्ने हुन्छ ।
२.कम उमेरमा विवाह गर्नु, अनि बच्चा जन्माउनले ।
३.गर्भान्तर नगरी बर्सेनि बच्चा जन्माउनले ।
४.बच्चा जन्मिसकेपछि साललाई बल प्रयोग गरेर निकाल्नले ।
५. सुत्केरी स्याहार राम्रो नहुनु ।
६.सुत्केरी अवस्थामा टुक्रुक्क बसेर लुगा धुने वा गह्रौ काम गर्नले ।
७.गह्रौ भारी बोक्नु, धेरै हिड्नु, चुरोट सेवन गर्नु र बारम्बार खोकी
आदि ।
पाठेघर खस्दा के–के लक्षणहरु हुन्छन् :
१.पाठेघर खसेको महिलाहरुमा खोक्दा, हाँस्दा, भारी बोक्दा, टुक्रुक्क बस्दा, बल गरेर खन्दा, पाठेघरको मुख योनीको प्वालमा
देखिने हुन्छ ।
२.पाठेघरले पिसाब थैलीलाई थिच्ने हुदाँ छिनछिनमा पिसाब लाग्ने, तल्लो पेट दुख्ने, ढाड तथा कम्मर दुख्ने हुन्छ ।
३.बाहिर निस्केको पाठेघरमा त झन् संक्रमण हुन गई घाउ हुने, हिँड्न गाह्रो हुने जस्ता समस्याहरु देखिन्छन ।
पाठेघर खस्नबाट बांच्न यस्ता उपायहरु अपानउनुहोस् :
१. किशोर अवस्थादेखि नै ध्यान दिनु पर्दछ । किशोरीहरुलाई पोषिलो खाना खुवाउने तथा महिलाको उमेर कम्तिमा २० वर्ष पुगेपछि मात्र विवाह गर्ने ।
२. २० वर्षको उमेरपछि मात्र बच्चा जन्माउने तथा परिवार नियोजनको साधन अपनाउने ।
३.कम्तिमा एक वर्षको जन्मान्तरमा मात्र दोश्रो बच्चा जन्माउने तथा गर्भवती हुदाँ कम्तिमा ४ पटक र सुत्केरी अवस्थामा कम्तिमा ३ पटक स्वास्थ्य जाँच गराउने ।
४. स्वास्थ्य संस्थामा दक्ष प्रसुति कर्मीबाट प्रसुती गराउने ।
५.गर्भावस्था र सुत्केरी अवस्थामा राम्रो स्याहार गर्ने,
६.सुत्केरी भएको ६ हप्ता सम्म आराम गर्ने, गह्रौं भारी नबोक्ने गर्नुपर्छ ।
६. सुत्केरी अवस्था देखिनै शारीरिक ब्यायाम गर्ने तथा योगासन गर्नाले पाठेघरको तन्तु तथा वरिपरिको मांसपेशी बलियो बनाउन सकिन्छ ।
तपाईको प्रतिक्रिया