बेचैनी र उदासी हटाउने सर्वोत्तम विधि : ध्यान विधि हो ।

नारी कोसिस डटकम/ हाम्रो मन स्थिर छैन, चन्चल र बेचैनी भैरहेको छ । परिवार, करियर, कमाई, प्रतिस्पर्धाले हाम्रो मनलाई अशान्त बनाएको छ । जसले हाम्रो मनमा तनाव पैदा गरिदिएको छ । जीवन बोझिलो भएको महसुस भइरहेका छन् । हामी भित्र – भित्रै इष्र्या, चिन्ता, डर, उदासीले छटपटाइरहेका छौं । हामी आफ्नो भविष्य सोचेर भयभित,अशान्त, अधैर्य गर्ने गर्छौं ।
यी विभिन्न कारणहरुले गर्दा हामीलाई अनेक थरी रोगले च्याप्न थालेको छ । चिन्ता, डिप्रेसन, उच्च रक्तचाप, मधुमेह,स्वास प्रश्वास, मांसपेशी दुख्नु र पाचन प्रणाली आदि, यी सबै मानसिक विकारको उपज हुन् । हामी मनोचिकित्सक, मनोवैज्ञानिक तथा मुटु रोग विशेषज्ञकहा धाइरहेका हुन्छौं ।
चिन्ता नलिनुहोस् यी विभिन्न चिन्ता तथा रोगहरुबाट मुक्ति पाउनका लागि ध्यान अति आवश्यक र सर्वोत्तम विधि हो । ध्यान विधिलाई अपानउनुहोस् ।
ध्यान विधि :
पछिल्लो केही वर्षदेखि भावना र तनावलाई नियन्त्रण गर्न मानिसहरु मन ध्यान तर्फ आकषिर्त हुन थालेको छ । ध्यान गर्नाले शरीर तथा मतिष्कलाई निकै फाइदा पुग्छ ।
जब हामी एक पटक ध्यान गर्न सिक्छौ, तब हामीसित प्रत्येक समस्याको समाधान निस्कन थाल्छ । ध्यानले हामीलाई दुई प्रकारले मद्दत गर्छ ।
१. ध्यानले हामीलाई मानसिक रुपमा शान्त राख्छ । त्यसबाहेक, ध्यानले हामीलाई त्यो अवस्थामा पुर्याउछ जहाँ भगवानको माया र परमानन्दको प्राप्ति हुन्छ । ध्यानको समयमा हाम्रो सांसारिक समस्या ज्यूको त्यूा रहन्छ । तर ध्यानको माध्यमद्वारा हामी भागवानको याद र त्यसको आनन्दमा यति धेरै मस्त हुन्छौ कि हामीलाई आफ्नो समस्या र दु:ख पिडाको बारेमा कुनै आभाष हुदैन ।
२. सांसारिक तनाव तथा दवावका बाबजुद पनि हाम्रो विचार ,सोच, शक्ति तथा भावनामा सन्तुलन कायम हुन्छ । तनावलाई सजिलै नियन्त्रण गर्न सक्दछौ । यसरी ध्यानको माध्यम द्धारा जिन्दगी जिउने त्यो तरीका सिक्छौ जसमा हामी हाम्रो सांसारिक तनावमाथि काबु पाउने गछौ ।
तपाईको प्रतिक्रिया