क्यान्सरदेखि मधुमेह सम्मका रोगका लागि फाइदाजनक फल अनार

नारी कोसिस डटकम/अनारमा महत्वपूर्ण तत्व हुन्छ, जो हाम्रो शरीरको लागि एकदमै आवश्यक हुन्छ । अनारमा फाइबर, भिटामिन ए, भिटामिन सि, भिटामिन के, फोलिक एसिड र एन्टिअक्सिडेन्ट भरपुर हुन्छ । अनार स्वास्थ्यका लागि लाभदायक त छ नै, सौन्दर्यका लागि पनि ।
शरीरमा रगतको अभाव पुरा गर्न अनार उपयोगी मानिन्छ । अनारको रस बनाएर सेवन गर्नु बढी फाइदाजनक हुन्छ । बजारमा पाइने जुसमा भने मिसावट हुनसक्छ । घरमै ताजा रस बनाएर पिउन सकिन्छ ।
तौल घटाउन :
अनारले कम्मरमा जमेको बोसो घटाउने काम गर्छ । किनभने मोटो व्यक्तिको सबैभन्दा बढी बोसो कम्मरमा हुन्छ । अनार वा अनारको जुस सेवन गर्दा उक्त वोसो घट्छ ।
मधुमेहमा फाइदाजनक :
मधुमेह रोगीका लागि अनारको सेवन फाइदाजनक हुन्छ । सामान्यत के सोचिन्छ भने अनारमा शुगर हुन्छ । यो सहि हो । तर, त्यसमा रहेको सुगरले शरीरमा सुगरको लेभल बढाउँदैन ।
हृदय रोगमा :
अनारको सेवनले रक्त धमनीलाई पोषित गरेर रक्त प्रवाहमा सुधार ल्याउँछ । अनारको रसले धमनीमा हुने समस्याको उपचार गर्छ । यसका साथै बेलायतको पोषण जर्नलमा प्रकासित अध्ययन अनुसार ८ सय मिलीग्राम अनारको बीजको तेल ट्राइग्लिसराइड्स कम गर्छ र उच्च घनत्व भएको लिपोप्रोटिन अनुपातमा सुधार ल्याउँछ । अनारको जुसमा पाइने तत्वले कोलोस्टोरको मात्रा कम गर्छ । साथै रगतलाई शुद्ध गर्छ । यसले रगत पातलो बनाउँछ ।
स्मरण शक्ति बढाउन :
अनारको सेवनले स्मरण शक्ति बढाउने बताइन्छ । यसले अल्जाइमर जस्तो मस्तिष्क सम्बन्धित बिकार हटाउने पनि क्षमता राख्छ । दिमागी क्रियामा सुधार ल्याउनका लागि अनारको रस उपयोगी हुन्छ ।
पाचन क्रिया :
नियमित रुपले अनार सेवन गर्दा पाचन सम्बन्धी समस्या पनि हट्छ । पाचन क्रिया सहि भयो भने धेरै किसिमको रोगको भय पनि हुँदैन ।
क्यान्सरको खतरा कम :
अनारको सेवनले शरीरमा रहेको विषाक्त पदार्थ बाहिर निकाल्छ । यसले क्यान्सर जस्तो भयानक रोगबाट बचाउँछ । साथै अनारमा एन्टिअक्सिडेन्ट हुन्छ । यसले क्यान्सरको कोशिकालाई नष्ट गरेर ट्युमरको विकासमा पूर्ण बिराम लगाउँछ । अनारको फलको सेवन प्रोस्टेट, फोक्सो, स्तन र छालाको क्यान्सरमा अत्यान्त लाभदायक हुन्छ ।
अनुहारमा निखार :
अनार स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । साथै सुन्दरताको लागि पनि । आर्युवेदमा यसलाई सौन्दर्य बढाउनका लागि प्रयोग गरिन्छ । अनारको बोक्राको स्क्रब बनाएर प्रयोग गर्दा अनुहारको ब्ल्याक हेड्स हट्छ । साथै अनारको सेवनले अनुहारमा चमक ल्याउँछ ।
गर्भावस्थामा फाइदाजनक :
अनारमा भिटामिन र मिनरल हुन्छ । यसका साथै फ्लोरिक एसिड पनि पाइन्छ । यो गर्भमा रहेको शिशुका लागि राम्रो भोजन हो । अनारमा पाइने पोटेशियमले गर्भावस्थामा हुने खुट्टाको दुखाई पनि कम गर्छ ।
१.अनारले छालालाई रुखो हुन दिदैन ।
२.अनुहारमा चाउरीपन आउन दिदैन ।
३.अनुहारको दाग धब्बा र डार्क सर्कलबाट बचाउँछ ।
४.अनारको सेवन डन्डिफोरको समस्या हटाउन पनि लाभदायक हुन्छ ।
५.अनारको रस सेवन गर्दा त्यसले केसको सौन्दर्य पनि बढाउँछ ।
६.अनारले केसलाई बलियो र चम्किलो बनाउँछ ।
तपाईको प्रतिक्रिया