टाउकोको दुखाईबाट आराम पाउन ६ उपायहरु अपनाउनुहोस्

नारी कोसिस डटकम/टाउको दुखाईबाट धेरै मानिसहरु पीडित हुने गर्छन् । चिन्ता, कामको चाँप तथा विभिन्न कारणले टाउको दुखाई हुने गर्दछ । जसले हाम्रो दैनिक जीवनयापनमा नराम्रो असर पारिहेको हुन्छ । टाउको शरीरको संवेदनशील अंग हो । त्यसैले टाउको दुखाईलाई सामान्य रुपमा लिन नहुने डाक्टरहरु बताउँछन् । टाउकोलाई एकदमै ख्याल राख्नु पर्दछ ।
प्राय मानिसहरु टाउको दुख्ने वित्तिकै ‘पेन किलर’ खाने गर्दछन् । सामान्य दुखाईमा नै ‘एन्टिवायोटिक’को प्रयोग गर्दा यसको ‘साइड इफेक्ट’ हुने र यसले विस्तारै गम्भीर असर देखाउने गर्छ । त्यसैले टाउको दुखाईबाट घरमै आराम पाउन हामी सामान्य उपचार गर्न सक्छौ जसले केहि क्षणमा नै राहत प्रदान गर्दछ ।
१.तेलले मसाज गर्ने :
जहिले पनि टाउको दुखिरहन्छ भने तपाईले तेलले मसाज गर्न सक्नुहुन्छ । कपालको जरामा तेल लगाएर हल्का मसाज गर्ने गर्दा बारम्बार हुने टाउको दुखाईको समस्याबाट छुटकारा मिल्छ । यसका साथै नरिवल र बदामको तेल मिसाएर मालिस गर्दा पनि फाइदा मिल्छ । पिपरमेन्ट र युकेलिप्टसको तेल पनि टाउको दुखाईको लागि राम्रो औषधिको रुपमा लिइन्छ ।
२.गाईको दूध :
टाउको दुख्ने समस्या दोहोरिरहन्छ र औषधिले पनि काम गरिरहेको छैन भने हरेक दिन गाईको मन तातो दूध पिउँने गर्नुहोस् । तपाईको टाउकोको समस्या विस्तारै कम हुँदै जान्छ । त्यस्तै ल्वाङमा नुन मिसाएर चुर्ण बनाउने र टाउको दुखेको समयमा उक्त चुर्ण र गाईको काँचो दूध टाउको मा लगाउँदा पनि टाउको दुखाई तुरुन्तै कम हुन्छ ।
३.पानी :
हल्का टाउको दुख्दा एक गिलास पानी पिउँन सकिन्छ । आधा गिलास तातो पानीमा कागतीको रस हालेर पिउँदा टाउको दुख्न कम हुँदै जान्छ ।
४.धनियाँ र चिनी
ज्वरो वा रुघाखोकीको कारण टाउको दुखेको हो भने धनियाँको पाउडर र चिनी मिसाएर झोल पिउँदा आराम मिल्छ ।
५.कफि :
कफिमा पाइने क्याफिनले दुखाई कम गराउँछ । जसले पेन किलरको काम पनि गर्छ । यसको प्रयोग माइग्रेन र टाउको दुख्ने रोगका विरामीको लागि फाइदाजनक मानिन्छ ।
६.अदुवाको चिया :
अदुवा हालेर बनाएको चिया पिउँदा पनि टाउको दुखाई कम हुने गर्छ । अदुवामा एन्टी–इन्फ्लेमेटरी भन्ने तत्व हुने भएकाले त्यसले दुखाईलाई कम गराउँन मद्दत गर्छ । यसले तनाव, माइग्रेन जस्ता समस्यालाई भगाउँन सहयोग गर्छ ।
तपाईको प्रतिक्रिया