क्यान्सर प्रतिरोधी आहार

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
क्यान्सर प्रतिरोधी आहार

Share

नारी कोसिस डटकम/खाना यस्तो चिज हो, जसका कारण हाम्रो शरीर जीवित रहन्छ । यही जीवित शरीरबाट नै हामीले आफ्नो इच्छा पूर्ति गर्न सक्छौं । यस्तो अमूल्य शरीरमा स्वादको पछि लागेर जे पायो त्यहि हालिदिए पछि क्यान्सर जस्ता भयानक रोग लाग्न सक्छ । त्यसैले शरीरलाई क्यान्सर रोगबाट जोगाउन प्राकृतिक आहारको सेवन गर्नु आवश्यक छ ।

१.तुलसी र पुदिना : तुलसी र पुदिनामा क्यान्सरबाट बचाउने तत्व पाइन्छ । बिहान खाली पेटमा ४-५ पत्ता ताजा तुलसीको पत्ता चपाएर पानीसँग निल्ने वा पुदिनाको चटनी दैनिक खाने हो भने क्यान्सरबाट बच्न सकिन्छ ।

२.आलु : आलुले सवाईकल क्यान्सरबाट हुनबाट शरीरलाई जोगाछ । यसको नियमित सेवन गर्नाले सवाईकल क्यान्सर जडदेखि नै समाप्त हुन्छ ।

३.बदाम : बदाममा पनि क्यान्सर प्रतिरोधी तत्व भरपूर हुन्छ । यसमा एन्टिएक्सिडेन्टले शरीरका कोषहरु क्षय हुनबाट बचाउँछ । भुटेको बदाम सेवन गर्नाले मुटु रोग तथा क्यान्सर रोगको रोकथाम गर्न सहयोग गर्छ ।

४.काउली : काउली खानाले प्रोस्टेट क्यान्सरको खतरा कम हुन्छ । आफ्नो खानामा काउलीको मात्र बढाएर प्रोस्टेड क्यान्सरको संभावनालाई कम गर्न सकिन्छ ।

५.कालो अंगुर : कालो अंगुरको सेवन गर्नाले महिलामा हुने बे्रष्ट क्यान्सरको संभावना कम हुन्छ । यसका यस्तो तत्व हुन्छ, जसका कारण शरीरमा निर्माण हुने इन्जाइमलाई सक्रिय पारी क्यान्सर उत्पन्न गराउने तत्वलाई वा कोषलाई निष्कृय पारिदिन्छ । त्यसैले दैनिक २५० ग्राम कालो अंगुर वा यसको ताजा रसको सेवन गर्ने हो भने बे्रष्ट क्यान्सरको खतरा कम हुन्छ ।

६.बेसार : बेसारमा पनि क्यान्सर प्रतिरोधी तत्व पाइन्छ । त्यसैले खानामा उचित मात्रामा उचित तरिकाले बेसारको प्रयोग गरी क्यान्सर मुक्त हुन सकिन्छ ।

७.भुइँकटहर : भुँइकटहर एक स्वादिष्ट फलका साथै क्यान्सर प्रतिरोधी खाद्य वस्तु पनि हो । यसलाई त्यतिकै फलको रुपमा वा जुसको रुपमा खान सकिन्छ ।

८.चुकन्दर : चुकन्दर एक किसीमको फल हो । यसलाई यतिकै जुस बनाएर खाना सकिन्छ । माहिलाको स्वास्थ्यमा यसले प्रत्यक्ष प्रभाव पार्दछ । माहिलाको मासिक धर्म, स्वेत, प्रदर, रक्त प्रदर, स्तनमा निस्कने गाँठा आदि ठीक गरी शरीरमा रगतको कमी हुनबाट जोगाउँछ ।

९.बन्दाकोवी/तोरीको साग : बन्दकोवीलाई सलादको रुपमा खाना सकिन्छ, भने तोरीको सागलाई पकाएर खाइन्छ । यी सब्जीको प्रयोग दैनिक रुपमा गर्नाले पनि क्यान्सरलाई रोकथाम गर्छ ।

१०. च्याउ : च्याउ स्वास्थ्यको लागि फाइदाजनक हुनाको साथै क्यान्सर प्रतिरोधी तत्व पनि यसमा पाइने हुनाले यसको सेवन प्रतिदिन गर्नु उचित हुन्छ । कुनै पनि च्याउमा गहुँको जमरामा भन्दा पनि बढी एन्टिएक्सिडेन्ट पाइने हुनाले च्याउलाई औषधीकै रुपमा प्रयोग गरेको पनि पाइन्छ ।

११.सोया मिल्क : सोया मिल्कको नियमित सेवनले महिलामा हुने स्तन क्यान्सरको संभावना कम हुन्छ । यसले बे्रष्ट टिस्युलाई बाक्लिन दिदैन । स्तनको मालिस गर्नाले पनि बे्रस्ट क्यान्सरको खतरा कम हुन्छ ।

यी बाहेक स्याउ, टमाटर, बेथुको साग, सखरखण्ड गाजरमा पनि प्रशस्त मात्रामा क्यान्सर प्रतिरोधी तत्व पाइन्छ तर यी सबै खानेकुरा आदि अग्यार्निक छन् भने यी त भए खानेकुरा । उचित खानपानको साथमा यदि हामीले योग प्राणायामलाई पनि समावेश गरेको खण्डमा बाँचुन्जेल रोगमुक्त हुन सक्छौं ।

महालक्ष्मी आचार्य

तपाईको प्रतिक्रिया