मृत ती सबैप्रति हार्दिक श्रद्धाञ्जली
तिमी नभएको प्रहर
कति रित्तो भयो देशलाई
अघि विहान तिमी उदाउँदै गर्दा
उता अस्ताउँने निधो भएछ
त्यो यात्राको भेषलाई
मुस्कुराउँदै घाँटीभरी माला सहित
जिम्वेवारी बोकेर गएका तिमी
पाथिभरा देवता सँग
एकछिन रहेका तिमी
तिम्रो भलाकुसारी कस्तो भएछ कुन्नि
दैव पनि कति निस्टुरी रहेछ कुन्नि
एकै चिहानमा सात नेपाली
कस्तो दशा भएछ कुन्नि
आकाशको उडान अनि
एकलाशको ठाँउ
मृत्युमा अघि कति आत्तियौ होला
कठै !
सातैजना मृत्युमा कति रापियौ होला
देश रोइरहेको बेला
अश्रुधाराले मन धोइरहेको बेला
मात्र तिम्रो त्यो
भौतिक शरीर छुट्यो भन्न मन लाग्छ
तिमी त मन मनमा छौ
तिम्रा स्मृतिहरु मनग्य गन्न मन लाग्छ
मृत ती सबैप्रति
भावपूर्ण हार्दिक श्रद्धाञ्जली अनि
त्यो शोकाकुल परिवारलाई
धर्यता मिलोस भन्न मन लाग्छ निर्मला सापकोटा सन्जेल
तपाईको प्रतिक्रिया