को हुन् रविन्द्र अधिकारी ? संक्षित परिचय

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
को हुन् रविन्द्र अधिकारी ? संक्षित परिचय

Share

रविन्द्र अधिकारी बुवा इन्द्र प्रसाद अधिकारी र आमा लक्ष्मीदेवी अधिकारीको कोखवाट बि.सं. २०२६ साल बैशाख २२ गते कास्की भरतपोखरी गाबिस–९, जामुनाबोटमा जन्मिएका हुन् । कास्की–३ बाट प्रत्यक्ष निर्वाचित सांसद अधिकारी संसदको विकास समितिका सभापति समेत भएका उनी आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सधै देश र जनताको बारेमा सोच्ने नेपाली जनताको प्रिय साझा नेता थिए।

विद्यालयदेखि नै राजनीतिमा चासो राख्ने उनी विसं २०४४ मा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष, विसं २०४५ मा स्ववियु पृथ्वीनारायण क्याम्पस सदस्य, विसं २०४५ मा नै अनेरास्ववियु कास्की जिल्ला कमिटी अध्यक्ष, विसं २०४७ मा गण्डकी अञ्चल अध्यक्ष तथा अनेरास्ववियु केन्द्रीय सदस्य बने ।

अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्रमा स्नातक र व्यवस्थापनमा स्नातकोत्तर तहसम्मको अध्ययन पुरा गरेका थिए । साथै उनी एशियाली बिद्यार्थी संगठन, विश्व प्रजातान्त्रिक युवा संघ लगायत अन्तराष्ट्रिय युवा बिद्यार्थी संगठनमा संलग्न भएर भूमिका निर्वाह गरेका अधिकारीले बिभिन्न अन्तराष्ट्रिय सम्मलेनमा समेत भाग लिएका थिए ।

विसं २०६० मा पार्टीको कास्की जिल्ला कमिटीको सचिव बनेका अधिकारी ०६३ मा पुनःसचिवमा निर्वाचित बने । विसं ०६२/६३ को आन्दोलन र त्यस अगाडिको प्रतिगमनविरुद्धको आन्दोलनमा पटकपटक गरी पाँच महिना जेल बसेका अधिकारी विसं २०६४ र विसं २०७० को संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नं ३ बाट निर्वाचित बने ।

विसं २०७४ को निर्वाचनमा सङ्घीय संसद्का लागि कास्की क्षेत्र नं. २ बाट निर्वाचित अधिकारी केपी ओली नेतृत्व सरकारको समयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका थिए ।

उनको संविधानसभा, लोकतन्त्र र पूर्नसंरचना, समृद्द नेपाल पुस्तक समेत प्रकाशित छन् ।

अधिकारीको ४९ वर्षको अल्पायुमै निधन भएको खवर आम नेपाली जनता तथा कास्केलीलाई पिडादायी बनेको छ ।

उनका दुई छोरा र  श्रीमती बिद्या भट्टराई तत्कालीन विद्यार्थी नेतृ , हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत रत्न राज्य लक्ष्मी क्याम्पसमा प्राध्यापनरत छिन् ।

तपाईको प्रतिक्रिया