हेलिकप्टर दुर्घटनामा परेका मृतकहरुको शव पोष्टमार्टमका लागि टिचिङ अस्पतालमा

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
हेलिकप्टर दुर्घटनामा परेका मृतकहरुको शव पोष्टमार्टमका लागि  टिचिङ अस्पतालमा

Share

नारीकोसिस डटकम/काठमाडौंँ । हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सहित सातै जनाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगन्ज लगिएको छ ।

सुकेटार विमानस्थलबाट सेनाको हेलिकप्टर मार्फत काठमाडौ ल्याएको हो ।

शव लिन सेनाको हेलिकोप्टर बुधबार नै सुकेटार विमानस्थल पुगेको थियो । तर, मौसमका कारण उड्न सकेको थिएन ।

बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका मृतकको शव बिहीबार काठमाडौ ल्याइएको हो ।

काठमाडौं त्रिभुवन विमानस्थलबाट शव पोष्टमार्टमको लागि टिचिङ लगिएको थियो ।

तपाईको प्रतिक्रिया