१४ वर्षीया किशोरीको बसको ठक्करबाट मृत्यु

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
१४ वर्षीया किशोरीको बसको ठक्करबाट मृत्यु

Share

नारीकोसिस डटकम/१६, फागुन चितवन । चितवन कालिका नगरपालिकाबाट जन्ती लिएर तनहुँतर्फ जाँदै गरेको ग १ ख २६७६ नम्बरको बसले जुटपानीमा ग १ ख २६७६ नम्बरको मोटरसाइकललाई बाटो काट्ने क्रममा ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार एक किशोरीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा कालिका नगरपालिका–८ जुटपानीकी १४ वर्षीया शिक्षा अर्याल रहेकी छन् भने मोटरसाइकल चालक भरतपुर महानगरपालिका–९ बस्ने ४९ वर्षीय चन्द्रबहादुर भट्ट रहेका छन् । मोटरसाइकल चालक र सवार दुवै घाइते भई उपचारका क्रममा पुरानो मेडिकल कलेजमा अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चन्द्रबहादुर भट्टको अवस्था मध्यम रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय टाँडीको नियन्त्रणमा रहेको छ ।

तपाईको प्रतिक्रिया