टुँडिखेलको श्रद्धाञ्जली सभा स्थगित

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
टुँडिखेलको श्रद्धाञ्जली सभा स्थगित

Share

नारीकोसिस डटकम/फागुन १६, काठमाण्डौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको टुँडिखेलमा हुने भनिएको श्रद्धाञ्जली सभा भोलि विहान ८ बजेसम्मका लागि स्थगित भएको छ ।

पोष्टमार्टम जारी भएका कारण श्रद्धान्जली सभा भोलि ८ बजेका लागि सारिएको हो ।

मन्त्री अधिकारीसहित ७ जनाको शव बिहीबार दिउँसो काठमाडौं ल्याइएको थियो । सत्तारुढ नेकपाले दिउँसो ३ बजेपछि श्रद्धान्जलीका लागि टुँडिखेलमा राख्ने भनेको थियो ।

 

तपाईको प्रतिक्रिया