तीन नेता पोखरा जाने: रवीन्द्र अधिकारीप्रति अन्तिम श्रद्धाञ्जली दिनका लागि

नारीकोसिस डटकम/फागुन १७, काठमाडौं । दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीप्रति अन्तिम श्रद्धाञ्जली दिन सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेता वामदेव गौतम र नारायणकाजी श्रेष्ठ प्रकाशलाई पनि अन्तिम श्रद्धाञ्जली कार्यक्रमका लागि पोखरामा खटाएको छ ।
रामघाटमा अन्त्यष्टि गर्नुअघि दिवंगत मन्त्री अधिकारीको पार्थिव शरीरमा पोखरेलले राष्ट्रिय झण्डा ओढाउने छन् भने गौतम र श्रेष्ठले पार्टीको झण्डा ओढाउनेछन् ।
मन्त्री अधिकारीसहित दुर्घटनामा मृत्यु भएका सातै जनाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अहिले टुँडिखेलमा राखिएको छ । अब केहीबेरमा पोखरा लगिनेछ ।
तपाईको प्रतिक्रिया