टाइमलाइन स्कुलको दुई दिने “अभिभावक दिवस २०७५” भव्यताका साथ सम्पन्न

नारीकोसिस डटकम/फागुन १९, काठमाण्डौं । टाइमलाइन स्कुलको दुई दिने “अभिभावक दिवस २०७५ “भव्यताका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रम शुक्रबार र शनिबार गोकणेश्वर नगरपालिका वडा नम्बर ५,नयाँबस्ती जोरपाटी अवस्थित विद्यालयको आफ्नै प्रांगणमा सम्पन्न भएको हो । अध्यक्ष नवराज रिजालले विद्यालयले सम्पूर्ण विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा समेटी उनीहरुको व्यक्तित्वको विकास गर्न सकियोस भन्ने उदेश्यले सो कार्यक्रम दुई दिन आयोजना गरिएको बताए ।
उक्त अभिभावक दिवस कार्यक्रममा पहिलो दिन नं.३ का प्रदेश सांसद रामेश्वर फुयाल दोस्रो दिन त्यसै क्षेत्रका संङघीय सांसद कृष्ण राई प्रमुख अतिथिका रुपमा उपस्थित थिए। कार्यक्रममा प्रमुख अतिथिहरुले टाइमलाइन स्कुलले छोटो समयमा नै नमूना विद्यालयको रुपमा स्थापित हुँदै गएको कुरा अवगत गराउँदै आगामी दिनमा विद्यार्थीहरुलाई व्यवहारिक शिक्षाबाट उत्प्रेरित गर्दै उनीहरुलाई स्वदेशमै आत्मा निर्भरताको पाठ सिकाउँन विद्यालयलाई जोड दिएका थिए।
विद्यालयका प्रिन्सिपल राम प्रसाद बडालले विद्यार्थीको बौद्धिक विकास सँग-सँगै उनीहरुको चौतर्फी विकास होस भन्ने हेतुले अतिरिक्त क्रियाकलाप विद्यार्थीका लागि अपरिहार्य रहेको हुँदा यस्ता अभिभावक दिवस प्रत्येक वर्ष गरिने बताए ।
दुई दिने उक्त अभिभावक दिवस कार्यक्रममा विद्यार्थीहरुले सन्देशमूलक गीत, नृत्य तथा नाटक जस्ता प्रस्तुतिहरु देखाएका थिए । कार्यक्रममा विद्यालय आयोजकका विशेष व्यक्तिहरु र विभिन्न संघ संस्थाका प्रतिनिधिहरु अतिथिको रुपमा उपस्थित थिए भने अभिभावकहरुले पनि उत्साहाजनक उपस्थिति जनाएका थिए ।
तपाईको प्रतिक्रिया