फेवातालमा खसेका प्याराग्लाइडर रोमानीया नागरिकको मृत्यु

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
फेवातालमा खसेका प्याराग्लाइडर रोमानीया नागरिकको मृत्यु

Share

नारीकोसिस डटकम/फागुन १९ ,काठमाण्डौं । फेवा तालमा खसेका प्याराग्लाइडरको मृत्यु भएको छ ।

सारङकोटबाट उडेका रोमानीयाका नागरिक ४२ वर्षीया एड सिजरको फेवा सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्याराग्लाईडिङ फेवातालमा खसेको जानकारी पाएलगत्तै घटनास्थल पुगेको उद्धार टोलीले उनलाई अस्पताल पुर्‍याइएको थियो ।

प्याराग्लाईडिङ ल्याण्ड गर्ने क्रममा हावाको सन्तुलन मिलाउन नसकेर सीधै तालमा खसेको प्रहरीले जनाएको छ ।

ब्लु स्काइ प्याराग्लाईडिङ कम्पनीबाट पर्मिट लिएर उडेका थिए ।

तपाईको प्रतिक्रिया