पूर्वमन्त्री अधिकारीको अन्त्येष्टि, तीन छोरीले दिए दागबत्ति

नारीकोसिस/डटकम फागुन १९ ,काठमाण्डौं । पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीको आइतवार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।
पशुपतिस्थित आर्यघाटमा नेता अधिकारीको पार्थिव शरीरमा उनका सुपुत्रीत्रय लुना, लिमा र लिजाले संयुक्तरूपमा दागबत्ती दिएका छन् ।
अन्त्येष्टिअघि आर्यघाट उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलले राष्ट्रिय झण्डा ओढाएका थिए ।
८२ वर्षीय अधिकारीको शनिबार राति ह्याम्स हस्पिटलमा उपचारका क्रममा निधन भएको थियो ।
तपाईको प्रतिक्रिया