सैनिक कला प्रदर्शन गर्ने क्रममा एकजना घाइते

नारीकोसिस डटकम/ फागुन २०, काठमाण्डौ । सैनिक मञ्च टुँडिखेलमा सैनिक कला प्रदर्शन गर्ने क्रममा एकजना सेना घाइते भएका छन् ।
सोमबार महाशिवरात्री तथा सेना दिवसको अवसरमा टुँडिखेलमा आयोजित सैनिक कला प्रदशर्नका क्रममा प्यारासुट कला देखाउने क्रममा सेनाका पूर्णबहादुर भण्डारी घाइते भएका हुन्।
प्राविधिक कारणले सही रुपमा तल झर्न नसक्दा दुर्घटना हुन पुगेको सैनिक प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले जानकारी दिए ।
आकाशमा उडिरहेको प्यारासुटमा प्राविधिक गडबडी आएपछि भण्डारी अनियन्त्रित हुँदै टुँडिखेलमा खस्न पुगेका थिए । प्यारासुटबाट खसेका भण्डारीलाई तत्काल नेपाली सेनाको टोलीले उद्धार गरेर नजिकैको वीर अस्पतालमा उपचारका लागि लगेको थियो ।
तपाईको प्रतिक्रिया