महाशिवरात्रिमा भक्तजनहरु के-के गर्दै छन् त ? तस्विरमा हेर्नुहोस् (फोटोफिचर)

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
महाशिवरात्रिमा भक्तजनहरु के-के गर्दै छन् त ? तस्विरमा हेर्नुहोस् (फोटोफिचर)

Share

नारीकोसिस डटकम /फागुन २०, काठमाण्डौं । हरेक वर्षको फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ ।

हिन्दू धर्मावलम्बीहरू आज बिहान देखि नै पशुपतिमा श्रद्धालुभक्तजनहरुको भिड लागेको हो । यस पर्वका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बिहानैदेखि लाखौँ भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शनका लागि लाममा बसेका छन् ।

यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।

महाशिवरात्रीमा भक्तजनहरु के के गर्दै छन् ? तस्विरमा हेर्नुहोस् (फोटोफिचर)

 

तपाईको प्रतिक्रिया