१३ वर्षीय बालिकामाथि यौन दुर्व्यवहार गर्ने अभियुक्तलाई डेढ वर्ष कैद र १५ हजार जरिवाना

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
१३ वर्षीय बालिकामाथि यौन दुर्व्यवहार गर्ने अभियुक्तलाई डेढ वर्ष कैद र १५ हजार जरिवाना

Share

नारीकोसिस डटकम/फागुन २१, पर्वत । तेह्र वर्षीय बालिकालाई यौन दुर्व्यवहार गर्ने अभियुक्तलाई जिल्ला अदालतले आइतबार गरेको फैसलाले उनलाई डेढ वर्ष कैद र  १५ हजार जरिवानाको सजाय सुनाएको हो ।

पर्वत जिल्लाको मोदी गाउँपालिका ८ चित्रेका २० वर्षीय राजेश नेपालीले १३ वर्षीय बालिकालाई मंसिर २६ गते फकाएर करणी प्रयास गरेको आरोपमा पुस २ गते जिल्ला अदालतमा यौनजन्य अपराध शीर्षकमा मुद्दा दर्ता भएको थियो । आफन्तको घरमा जाँदै गरेकी बालिकालाई बाटोमा फकाएर करणी गर्ने प्रयास गरेका थिए ।

करणीसम्बन्धी कसुर गरेको प्रारम्भिक अनुसन्धानमा देखिएपछि नेपालीविरुद्ध मुद्दा दर्ता भएको थियो । पीडित बालिकाको पुस १ गते जिल्ला स्वास्थ्य कार्यालय पर्वतमा स्वास्थ्य परीक्षण भएको थियो ।

तपाईको प्रतिक्रिया