मोटरसाइकल एक आपसमा जुध्दा तीन घाइते, एकको मृत्यु

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
मोटरसाइकल एक आपसमा जुध्दा तीन घाइते, एकको मृत्यु

Share

नारीकोसिस डटकम/ फागुन २१, झापा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको दमक–४ स्थित कृष्ण मन्दिर सडकखण्डमा मोटरसाइकल एक आपसमा जुध्दा तीन घाइते, एकको मृत्यु भएको छ ।

गए राति करीब ८ बजे कृष्ण मन्दिर चोकमा पूर्वबाट पश्चिम जाँदै गरेको मे३प १८३२ नं को मोटरसाइकल र पश्चिमबाट पूर्व आउँदै गरेको को३प ७७०० नं को मोटरसाइकल एकापसमा जुधेको थियो ।

दुर्घटनामा परेर इलाम चुलाचुलीका ४० वर्षीय पुरणकुमार राईको मृत्यु भएको छ भने दमक–१० का २५ वर्षीय सुजन धिमाल, पाँचथर फाल्गुनन्द गाउँपालिकाका रमेश तुम्रोक र परिचय खुल्न नसकेको अन्दाजी ४० वर्षीय एक व्यक्ति घाइते भएको छ ।

घाइते सबैको विराटनरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मृतक राई समाजवादी युवा फोरमका प्रदेश नं १ समितिका सहसंयोजकसमेत रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया