सेनाका जवानले आफैंलाई गोली हानी आत्महत्या

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
सेनाका जवानले आफैंलाई गोली हानी आत्महत्या

Share

नारीकोसिस डटकम/ फागुन २१, कञ्चनपुर । कञ्चनपुरमा कार्यरत नेपाली सेनाका एक जवानले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् ।

नेपाली सेनाका २५ नम्बर बाहिनी भरतपुरमा कार्यरत एक जवान २३ वर्षीय वीरबहादुर खड्काले सोमबार ब्यारेकभित्रै आफैंले बोकेको बन्दुकले आफ्नै गर्दनमा गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

वीरबहादुर खड्का जाजरकोटको छेरा गाउँपालिका–१ का बासिन्दा हुन् । घटनाका बारे अनुसन्धान भइरहेको कन्चनपुर प्रहरी कार्यालयका डीएसपी कृष्णराज ओझाले जानकारी दिए ।

आत्महत्या गर्दा प्रयोग भएको बन्दुक परीक्षणका लागि ल्याबमा पठाइएको उनले बताए । खड्काको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ ।

तपाईको प्रतिक्रिया