हेलिकप्टर दुर्घटनामा परेका मन्त्रीका अंगरक्षकको हराइरहेको पेस्तोल भेटियो

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
हेलिकप्टर दुर्घटनामा परेका मन्त्रीका अंगरक्षकको हराइरहेको पेस्तोल भेटियो

Share

नारीकोसिस डटकम/ फागुन २२, ताप्लेजुङ । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका मन्त्रीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेले बोकेको पेस्तोल फेला परेको छ ।

गत फागुन १५ गते बुधवार ताप्लेजुङको तारेभीर जंगलमा भएको डाइनेष्टि एयरको हेलिकप्टर दुर्घटनामा घिमिरेको नाइन एमएमको पेस्तोल हराएको थियो ।

उक्त पेस्तोल मंगलबार दिउँसो फेला परेको प्रहरीले जानकारी दिएको छ । अस्थायी प्रहरी चौकी माथिल्लो फेदी र नेपाली सेनाको टोली घटनास्थलमा गई खोजी गर्ने क्रममा १ थान पेस्तोल, २ थान म्याग्जिन, ३ थान साबुत गोली, ३ वटा खोका र मोबाइल जलेको अवस्थामा फेला परेको हो ।

तपाईको प्रतिक्रिया