पालुंगो सागका ११ फाइदाहरू निम्न छन्

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
पालुंगो सागका ११ फाइदाहरू  निम्न छन्

Share

नारीकोसिस डटकम/ पालुंगो साग स्वास्थ्यका लागि लाभदायी छ । खानामा पनि उत्तिकै स्वादिलो हुन्छ र जिउमा रगतको कमी भएकाहरूका लागि  पालुंगो एकदमै फाइदाजनक हुन्छ ।

विज्ञहरुका अनुसार पालुंगोको सागमा अन्य धेरै पौष्टिक तत्त्वहरू पाइन्छन् जुन शरीरलाई अत्यावश्यक हुन्छ । १ सय ग्राम पालुंगोको सागमा २६ किलो क्यालरी उर्जा पाइन्छ   भने २ प्रतिशत प्रोटिन, र २.९ प्रतिशत कार्बोहाइड्रेट पाइन्छ ।

पालुंगो सागका फाइदाहरू निम्न छन्ः
१.दैनिक पालुंगोको साग खाने गरेमा रुखो छाला चम्किलो हुने गर्छ ।

२. पालुंगोको सागले शरीरलाई आवश्यक पर्ने तत्वहरु जस्तै अमीनो एसिड, फोलिक एसिड, प्रोटीन, भिटामिन ए र आइरन तत्व प्रसस्त मात्रामा प्रदान गर्छ ।

३. यसमा भएको बीटा केरोटिन नामक भिटामिनले आँखा बलियो बनाउँछ ।

४.नियमित रूपमा पालुंगोको साग खानाले  स्मरण शक्ति बढ्ने र  दिमागी थकानसमेत कम हुन्छ ।

५.पालुंगो र गाजरको रसमा दुईचार थोपा कागतीको रस हालेर पिउँदा अनुहार सुन्दर  हुन्छ ।

६.जण्डिसका रोगीले पालुंगो काँचै चपाउनु समेत निकै फाइदाजनक हुन्छ ।

७.छालामा पीलो वा दाना पलाएमा पालुंगोका पातलाई पानीमा उमालेर धुँदा छिट्टो निको हुन्छ ।

८.पालुंगोको सागको रसलाई नियमित रूपमा नरिवल पानीमा मिलाएर हरेक बिहान पिउनाले मृगौलामा परेको पत्थरी हटाउन सहयोग पुग्छ ।

९. पालुंगोले पाचनतन्त्रलाई सन्तुलनमा राखेर भोक बढाउन मद्दत गर्छ ।

१०.रक्तचाप कम हुने समस्या भएकाहरुले दिनहुँ पालुंगोको साग सेवन गर्नुपर्छ ।

११.जण्डिसका रोगीले पालुंगोको साग काँचै चपाउनु समेत निकै फाइदाजनक हुन्छ ।

तपाईको प्रतिक्रिया