आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न ९८ खर्ब रुपैयाँ चाहिने : राष्ट्रिय योजना आयोग

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न ९८ खर्ब रुपैयाँ चाहिने : राष्ट्रिय योजना आयोग

Share

नारीकोसिस डटकम /२३ फागुन, काठमाडौं ।गोरखापत्रले राष्ट्रिय योजना आयोगले तयार पारेको पन्धौं पञ्चवर्षीय योजनामा उल्लेख विषयमाथि मुख्य समाचार लेखेको छ । समाचार अनुसार, आयोगले आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न पाँच वर्षभित्र करिब ९८ खर्ब रुपैयाँ लगानी गर्नुपर्ने अनुमान गरेको छ । उक्त लगानीबाट पाँच वर्षभित्र औसत १०.१ प्रतिशतसम्मको वृद्धिदर हुने आयोगको लक्ष्य छ ।

मस्यौदामा २२ औं शताब्दीको नेपालको परिकल्पना गर्दै आयोगले १० प्रतिशतसम्म आर्थिक वृद्धिको लक्ष्य अघि सारेको समाचारमा उल्लेख छ ।

यसका लागि कुल लगानीमध्ये सार्वजनिक क्षेत्रबाट ३७.६ प्रतिशत अर्थात ३६ खर्ब ७४ अर्ब ५६ करोड रुपैयाँ लगानी हुने अनुमान छ । त्यस्तै निजी क्षेत्रबाट सबैभन्दा धेरै ५६ खर्ब ८३ अर्ब ८८ करोड रुपैयाँ लगानी हुने मस्यौदामा उल्लेख छ । यो कुल लगानीको ५८.१ प्रतिशत हुनेछ ।

तपाईको प्रतिक्रिया