भरतमोहन र रवीन्द्र अधिकारीको संयुक्त श्रद्धाञ्जली सभा आज १ वजे, प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले सम्बोधन गर्ने

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
भरतमोहन र रवीन्द्र अधिकारीको संयुक्त श्रद्धाञ्जली सभा आज १ वजे, प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले सम्बोधन गर्ने

Share

नारीकोसिस डटकम/फागुन २३, काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी दिगंवत पर्यटनमन्त्री रवीन्द्र अधिकारी र पूर्व उपप्रधानमन्त्री एवम् अर्थमन्त्री भरतमोहन अधिकारीको सम्झनामा आज संयुक्त श्रद्धाञ्जली सभा गर्दैछ ।

पार्टी केन्द्रको आयोजनामा आज दिउँसो १ बजे भृकुटीमण्डपमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो ।

श्रद्धाञ्जली सभालाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाललगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

नेता रवीन्द्र अधिकारीको फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा र अर्का नेता भरतमोहन अधिकारीको फागुन १८ गते ह्याम्स अस्पतालमा निधन भएको थियो।

तपाईको प्रतिक्रिया