महानगरले अनावश्यक प्रतीक्षालय हटाउने

नारीकोसिस डटकम/फागुन २३, काठमाण्डौं । काठमाण्डौं महानगर क्षेत्रभित्र सडक किनारामा अनावश्यक र अव्यवस्थित रूपमा राखिएका प्रतीक्षालय हटाइने भएको छ ।
वडा नं १८ का अध्यक्ष एवं बस स्ट्याण्ड कार्यदलका संयोजक संयोजक न्हुँछेकाजी महर्जनका अनुसार बुधबार यात्रु प्रतीक्षालयको अवस्था र आवश्यकता अवलोकन गरेको महानगरले अनावश्यक प्रतीक्षालय हटाउने निष्कर्ष निकालेको हो ।
अध्ययन कार्यदलले बुधबार काठमाडौंका विभिन्न ठाउँका प्रतीक्षालयको अवलोकन गरेको थियो ।
स्थलगत अध्ययन अवलोकनका क्रममा देखिएका विषय समेटेर अधिकार सम्पन्न समितिमा प्रतिवेदन बुझाउने महर्जनले बताए ।
तपाईको प्रतिक्रिया