रोल्पाको त्रिवेणी गाउँपालिका कार्यलय नजिकै २ वटा वम फेला

नारीकोसिस डटकम/फागुन २३, रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका कार्यालय नजिक २ वेवारिसे अवस्थामा २ वटा वम फेला परेको छ ।
गाउँपालिका कार्यालय देखी ५० मिटर दुरीमा रातो झोला भित्र पोलिथिन व्यागमा राखेको अवस्थामा उक्त वम फेला परेको हो ।
वम विस्फोट नभएका कारण मानवीय तथा भौतिक क्षती हुन नपाएको प्रहरीले जनाएको छ । विहिवार विहान स्थानीयहरुले उक्त वम रहेको स्थान वारे प्रहरीलाई खवर गरे पछि प्रहरी घटनास्थल पुगेका थिए ।
वम कसले कुन उद्धेश्य राखेको भन्ने खुल्न सकेको छैन । गत वुधवार गाउँपालिका कार्यालयको गाडी तोडफोड गर्न आएको समूहले भाग्ने क्रममा उक्त वम छोडेर गएको हुन सक्ने प्रहरीको अनुमान छ ।
तपाईको प्रतिक्रिया