रवीन्द्र अधिकारीले एक बर्षमा विर्सनै नसकिने काम गरेः प्रधानमन्त्री (भिडियो)

नारीकोसिस डटकम/फागुन २३, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रवीन्द्र अधिकारीले एक बर्षमा देशले विर्सिन नै नसकिने काम गरेको बताएका छन् ।
बिहिवार नेपाल कम्युनिस्ट पार्टी दिगंवत पर्यटनमन्त्री रवीन्द्र अधिकारी र पूर्व उपप्रधानमन्त्री एवम् अर्थमन्त्री भरतमोहन अधिकारीको सम्झनामा गरिएको संयुक्त श्रद्धाञ्जली सभालाई सम्बोन्धन गदै प्रधानमन्त्री ओलीले भने ” जस्तोसुकै जटिल अवस्थामा पनि एउटा सफल कार्यकर्ता, नेता तथा सामाजिक आभियान्तको रुपमा सफल रहेको र एक वर्ष उहाँ मन्त्री हुनुभो एक वर्षको मन्त्रीत्व काम उहाँले कहिले पनि विर्सनै नसिकने कामहरुलाई कसैले उपेक्षा गर्न नै नसकिने काम छोडेर जानुभयो, उहाँले संस्कृति क्षेत्रमा पर्यटन क्षेत्रमा, नागरिक उड्यन क्षेत्रमा उहाँको कामहरु प्रेरणा योद्धा, श्रद्धा योजनाहरु असाधारण छ ।”
यस्तै अर्का नेता भरतमोहन अधिकारीप्रति पनि उच्च सम्मान प्रकट गरे । ‘भरतमोहन अधिकारी कामबाट चिनिएको व्यक्ति हुनहुन्थ्यो । कडा शब्द प्रयोग गर्न नचाहने, मिलनसार र एउटा काममा विश्वास गर्ने नेता हुनुहुन्थ्यो । ६ दशक भन्दा बढी नेपालको लोकतान्त्रिक आन्दोलन, बामपन्थी आन्दोलनमा सदाबहार र निरन्तर लाग्नुभएका नेता हुनुहुन्थ्यो । निरन्तर अभियन्ता हुनुहुन्थ्यो,’ प्रधानमन्त्री ओलीले भने ।
उनले हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारी सँगै जीवन गुमाएका सवैप्रति श्रद्धाञ्जली व्यक्त गरे ।
भिडियो
तपाईको प्रतिक्रिया