सौभाग्यले तिमीले नारीको सृष्टि पाएकी छौ

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
सौभाग्यले तिमीले नारीको सृष्टि पाएकी छौ

Share

जीतको उत्सव  मनाउँन
काडाँको प्रहरमा
टेकेर आउन सक्ने नारी
तिमीले पाएको
ममता, करुणा र सहनशीलतामा
आफ्ना नामहरु लेखेर
आउन सक्ने नारी

कसले भन्यो तिमीलाई कमजोर ?
पिठ्युमा भारी हुँदा
अगाडी नानी च्याप्न सक्ने तिमी
पिठ्युमा नानी हुँदा
कम्मरमा गाग्री राखेर
उकालो आरालो हाक्न सक्ने तिमी

सौभाग्यले
तिमीले नारीको सृष्टि पाएकी छौ
सृष्टिको सुन्दररुप भएर आएकी छौ
अदम्य साहसको युग भएरै छाएकी छौ
कर्तव्यको दियो बालि हरदिन उठिराछौं भने
कठयाग्रिदो चिसो नभनी हरदिन जुटिराछौं भने
कसले तिमीलाई कमजोर ठान्छर  ?
कसले तिम्रो स्वतन्त्रतामा ढुङ्गा हान्छर ?

निर्मला सापकोटा सन्जेल

तपाईको प्रतिक्रिया