ऋषि धमला चडेको कार दुर्घटनामा

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
ऋषि धमला चडेको कार दुर्घटनामा

Share

काठमाडौं – रिपोर्टर्स क्लव नेपालका अध्यक्ष एवम् पत्रकार ऋषि धमला चडेको कार दुर्घटनामा परेको छ । लाजिम्पाटस्थित निवासबाट नेपाली रेडियो नेटवर्कको कार्यालय अनामनगर जाने क्रममा लैनचौरमा दुर्घटना भएको हो ।

आइतबार बिहान ५ः५० मा विपरित दिशाबाट आउँदै गरेको बा ७९ प ४०३९ नम्बरको मोटरसाइकल र धमलाको बा १४ च ११९१ नम्बरको कार एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दुर्घटनामा मोटरसाइकलमा सवार तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा सन्तोष बढुवाल, सुदिप बढुवाल र जितबहादुर धामी रहेका छन् ।

घाइतेहरुको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया