सूर्य नमस्कार: योग अभ्यास

नारीकोसिस डटकम
१.नमस्कार मुद्रा– दुबै खुट्टालाई जोडेर उभिने, हातलाई नमस्कार मुद्रामा छातीको बीचमा राख्ने,दुबै आँखा बन्द गर्ने र सासको गतिलाई सामान्य अवस्थामा छोडिदिने , ध्यान छाती र फोक्सोमा लगाउने ।
२.हस्त उत्तानासन– सासलाई भित्र तान्दै दुबै हातलाई माथितिर तन्काउने, हात तन्काउँदा कम्मरदेखि माथिका भाग पछाडि बांगिएको हुनुपर्छ, सासलाई रोकेर राख्ने र ध्यान पेट, छाती र धाँटीमा लगाउने ।
३.याद हस्तासन– सास छोड्दै दुबै हातलाई दुबै खुट्टाको छेउमा राख्ने, टाउकोलाई झुकाएर निदारले घुँडा छुन कोसिस गर्ने तर बलपूर्वक तन्किनु हुँदैन । ध्यान मूलाधार चक्रमा लगाउने ।
४.अश्व संचालन– सास तान्दै दाँया खुट्टा जतिसक्दो तन्काएर पछाडि लाने, देब्रे खुट्टाको दुबैतिर दुबै हातका हत्केलालाई टेकाउने, टाउको तन्काएर आकाशतिर हेर्ने । ध्यान दुबै आँखीभौँको बीचमा लगाउने ।
५.पर्वतासन– सास छोड्दै बाँया खुट्टा पनि दाँया खुट्टासँगै पछाडितिर लाने, हिपलाई माथि उठाउने, टाउकोले भुँइ ढोग्ने, दुबै हात टाउकाको दाँया बाँया राख्ने, शरीरको स्थिती पर्वतको जस्तो देखिन्छ । ध्यान घाँटीमा लगाउने ।
६.अष्टाङ्गनमस्कार आसन– सास रोकेर टाउको, छाती, कम्मर घुँडा, हात र खुट्टाले भुँइ छुने, शरीरका अरु अङ्ग केही उचालेर राख्ने, ध्यान सासमा लगाउने ।
७.भुजङ्गासन– सास लिदैं दुबै खुट्टालाई पछाडितिर तनक्क तन्काउने, दुबै हातले भुँइ टेक्ने, कम्मरदेखि माथको भाग उठाउँदै आकाशतिर हेर्ने र ध्यान कम्मर (स्वादिष्ठान चक्र) लगाउने ।
८.पर्वतासन– फेरि सास छोड्दै टाउकोले भुँइ टेक्ने । छैटौं नम्बरको पर्वतासन झैं गर्ने ।
९.अश्व संचालन– चौथो आसन पुनः गर्ने ।
१०.पाद हस्तासन– तेस्रो आसन पुनः गर्ने ।
११.हस्त उत्तानासन– दोस्रो आसन पुनः गर्ने ।
१२.नमस्कार मुद्रा– पहिलो आसन पुनः गर्ने ।
सूर्य नमस्कार यस्तो आसन हो, जसमा बाह्रवटा पोजहरु छन् । दैनिक यी पर्दैन । त्यसैले यसलाई सम्पूर्ण आसन भनिन्छ । यसले शरीरलाई लचिलो र फुर्तिलो बनाउँछ । महिलाको पाठेघर बलियो बनाउँछ । विशेष कुरा त यो आसन गर्नाले शरीरमा भएका विषाक्त पर्दाथ – toxin) लाई शरीरबाट बाहिर निकाल्ने काम गर्छ । जसका कारण शरीर रोग मुक्त हुन्छ । पुरुषको जनेन्द्रिय सम्बन्धी रोग हटाउँछ । त्यसैले यो आसन महिला, पुरुष सबैको हकमान लाभदायक सिद्ध भएको छ तर उच्च रक्तचाप, मुटु रोग र हर्नियाका रोगीले यो आसन गर्नु हँुदैन ।
महालक्ष्मी आचार्य
तपाईको प्रतिक्रिया