बैतडीमा स्वयंसेविकालाई छ हजार प्रोत्साहन भत्ता

नारीकोसिस डटकम/ फागुन २६, बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई बैतडी वार्षिक रु छ हजार प्रोत्साहन भत्ता दिएको छ ।
गत वर्ष महिला स्वास्थ्य स्वयंसेविकालाई रु पाँच हजार भत्ता उपलब्ध गराएकामा यो वर्ष रु एक हजार थप गरेर छ हजार पु¥याइएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले जानकारी दिए। स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाले पु¥याएको योगदानको कदर गर्दै प्रोत्साहन भत्ता दिइएको उनले बताए । नागरिकका लागि जुनसुकै अवस्थामा पनि स्वास्थ्य स्वयंसेविका खटिने गरेका छन् ।
स्वास्थ्य स्वयंसेविकाको कामको उच्च मूल्याङ्कन गर्दै काम गर्ने हौसला प्रदान गर्न गाउँपालिकाले प्रोत्साहन भत्ता दिइएको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताइन् ।
गाउँपालिकाले प्रोत्साहन भत्ता उपलब्ध गराउँदा स्वास्थ्य स्वयंमसेविका धेरै खुशी भएका श्रीकोट स्वास्थ्यचौकीका महिला स्वयंमसेविका गोमती विष्टले बताइन् ।
महिला स्वास्थ्य स्वयंसेविकाले सुरक्षित प्रसूति सेवा, बालबालिकालाई खोप लगाउने, गर्भवतीलाई आइरन चक्की वितरण गर्ने, बालबालिकालाई भिटामिन खुवाउने लगायत स्वास्थ्यका आधारभूत कुरामा सहयोग गर्दै आइरहेका छन् ।
तपाईको प्रतिक्रिया