इथियोपियन एयरलाइन्सको जहाज दुर्घटनामा एक नेपालीको मृत्यु

नारीकोसिस डटकम/फागुन -२७ । अफ्रिकी मुलुक इथियोपियाको राजधानी आदिस अबाबामा आइतबार भएको जहाज दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ। इथियोपियन एयरलाइन्सले दुर्घटनामा १ नेपालीको मृत्यु भएको पुष्टि गरे छ तर उनका बारेमा थप विवरण खुलाइएको छैन।
आदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको इथियोपिएन एयरलाइन्सको ७३७ बोइङ जहाज रनवे छोडेको केही मिनेटमै दुर्घटनामा परेको थियो। दुर्घटनामा परी सवार यात्रु र चालकदलका सदस्यसहित १५७ जनाको मृत्यु भएको हो।
१४९ यात्रु र चालक दलका ८ सदस्यसहित उडेको जहाज दुर्घटनामा परेको हो।
इथियोपियन एयरलाइन्सले दुर्घटनामा परेका यात्रुको विवरण सार्वजनिक गरेको छ। जसमध्ये ३२ जना केन्याका र ९ जना इथियोपियाका छन् भने अरू सबै विदेशी छन्।
सबैभन्दा धेरै विदेश क्यानडा परेका छन्। क्यानडाका १८ जनाले दुर्घटनामा ज्यान गुमाएका छन्। चीन ८ र भारतका ४ जनाले उक्त दुर्घटनामा ज्यान गुमाएका छन्।
तपाईको प्रतिक्रिया