मानिसलाई दैनिक क्याल्सियम कति चाहिन्छ ?

नारीकोसिस डटकम/ हाम्रो शरीरमा पाइनेमध्ये अधिकांश क्याल्सियम हड्डीमा पाइन्छ । यसले हड्डी मजबूत पार्छ । क्याल्सियमकै कारण मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् । त्यसैले दैनिक क्याल्सियमयुक्त खानेकुराहरु खानुपर्दछ ।
क्याल्सियमको कमीका कारण लाग्ने रोग:
-उच्च रक्तचाप
-कोलोन क्यान्सर
-स्तन क्यान्सर
-मेटाबोलिक सिण्ड्रोम
-प्रिमेनुष्ट्रल सिण्ड्रोम
चिज:
-तरकारी तथा हरिया सागसब्जी
-फलफूल तथा बदाम
-सामुद्रिक खाद्यपदार्थ
-सेरल्स
-सोय तथा सोयजन्य उत्पादन
एकवर्षदेखि माथि र नौ वर्षभन्दा मुनीका बच्चा ५ सय देखि ८ सय मिलिग्राम दैनिक क्याल्सियम चाहिन्छ ।
कति चाहिन्छ मानिसलाई क्याल्सियम दैनिक :
वयस्क १ हजार मिलिग्राम दैनिक
किशोर ५० वर्षभन्दा बढी उमेरका महिला तथा ७० वर्षभन्दा बढी उमेरका पुरुष १३ सय मिलिग्राम दैनिक
क्याल्सियम पाइने मुख्य खाद्यपदार्थ:
दूध क्याल्सियम पाइने मुख्य पदार्थ दूध हो । विशेषगरी गाइको दूधमा बढी क्याल्सियम पाइन्छ । चिल्लोरहित दुधले मानिसलाई आवश्यक पर्ने ३० प्रतिशत क्याल्सियम दुधले पूर्ति गर्छ ।
दहि दहि दुधभन्दा पनि सजिलै पच्छ । २२५ ग्राम दुधमा भन्दा त्यतिनै मात्राको दहीमा बढी क्याल्सियम पाइन्छ । सादा दहीमा प्रोटिन पनि हुन्छ ।
तपाईको प्रतिक्रिया