इनारमा पुरिएका माझीको शव २६ घण्टापछि निकालियो

नारीकोसिस डटकम/ फागुन २८, काठमाडौं । चन्द्रागिरी नगरपालिका–१२ मा इनार खन्ने क्रममा पुरिएका राम माझीको २६ घण्टापछि शव निकालिएको छ ।
आइतबार इनारको रिङ हाल्ने क्रममा माटोको ढिस्को खसेर पुरिएका सिन्धुलीका ३५ वर्षीय माझीको सोमबार रातिमात्र मृत अवस्थामा उद्दार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्त लामाले जानकारी दिए । माझीको शव ३० फिट तलबाट निकालिएको उनले बताए ।
माटो निकै कमजोर भएको कारण उक्त घटना घटे पनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले शव निकालेको हो । शव परीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पठाएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया