दाङमा नेकपा नेतृ शान्ता चौधरी एक्कासी बेहोस

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
दाङमा नेकपा नेतृ शान्ता चौधरी एक्कासी बेहोस

Share

नारीकोसिस डटकम फागुन २८, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकी नेतृ तथा संसदीय दलकी सचेतक शान्ता चौधरी गृह जिल्ला दाङमा बेहोस भएकी छन् ।

तुल्सीपुरस्थित उच्च सरकारी वकिल कार्यालयको भवन उद्घाटन कार्यक्रममा उनी बेहोस भएकी हुन् ।

उच्च सरकारी वकिल कार्यालय उद्घाटन महान्यायाधीवक्ता अग्नि खरेलले गरेका थिए । कार्यक्रममा सांसद चौधरीले पनि मन्तव्य राखेकी थिइन् । उनी मन्तव्य राखेर सिटमा फर्किएपछि उनी बेहोस भएकी हुन् ।

बेहोस भएपछि उनलाई राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारपछि उनको होस खुलेको छ ।

तपाईको प्रतिक्रिया