खानालाई राम्रोसंग चपाएर खाँदा फाइदा

नारीकोसिस डटकम/ हामीले खानेकुरा चपाएर खाँदा धेरै फाइदा हुन्छ । जुन फाइदाहरु निम्न छन्-
१.पाचनक्रिया सहज
खानालाई राम्रोसंग चपाएर खाने बानी गर्नाले पाचनक्रिया मजबुत हुन्छ । चपाएर खाना नखाँदा आमाशय, आन्द्रालाई खाना पचाउन धेरै कठिन हुन्छ फलस्वरूप पाचन क्षमता कमजोर हुन पुग्दछ ।
२.मस्तिष्कको कसरत :
अहिलेसम्म कुनै मस्तिष्कको कसरत गर्ने खास विधि पत्ता लागेको छैन । मस्तिष्कलाई कसरत गर्ने एउटै मात्र प्राकृतिक तरिका राम्रोसँग चपाउनु हो ।
३. दाँत बलियो :
अहिलेका मानिसको दाँत कमजोर हुने र दाँतसम्बन्धी थुप्रै समस्या भएको पाइएको छ । दाँतलाई चपाउन जति प्रयोग गर्छौं त्यति नै अनुपातमा दाँत बलियो हुन्छ ।
४.रिस नियन्त्रण :
हामीमध्ये धेरै रिस उठ्नेबित्तिकै दाँत किट्ने गर्दछौँ । हाम्रो दाँतको तल्लो भागमा रिसको प्रतिबिम्बबिन्दुहरू हुन्छ । हामीले चपाएर खाना खाँदा दाँतमा रहेको उक्त बिन्दुहरूमा मालिस भएर रिस, तनाव विसर्जन हुन सहयोग गर्दछ ।
५. मोटोपन नियन्त्रण :
हामीले खाने खानाबाट नै बोसो बन्छ । छिटो तौल कम गर्ने नाममा अत्यन्त कम खाने, आवश्यकभन्दा बढी कसरत गर्नुले पनि शरीरलाई फाइदाभन्दा बढी नोक्सान पुर्याउन सक्छ । खाना कम गर्नुभन्दा चपाएर खाने गरेमा अनावश्यक मोटोपन पनि बढ्दैन र कम खाए पनि ऊर्जा पर्याप्त बन्दछ ।
तपाईको प्रतिक्रिया