सल्यानमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

नारी कोसिस डटकम/फागुन २८, सल्यान । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
श्रीनगरबाट लुहामका लागि छुटेको रा १ त ११५१ नम्बरको ट्याक्टर राति ८ बजे शारदा नगरपालिका १ शान्तिनगरमा दुर्घटना भएको हो ।
दुर्घटनामा शारदा नगरपलिका–१२ चिसापानीका २४ वर्षीय चालक कृष्णबहादुर डाँगी र शारदा नगरपालिका–१ चैवाङ्गजिउलाका १४ वर्षीय अम्बर बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर सडकबाट झण्डै ५० मिटर तल खेतमा खसेको हो ।
तपाईको प्रतिक्रिया