महिलाको अस्तित्व स्वीकार्दा मुलुकमा निकै ठूलो परिवर्तन हुने : राष्ट्रपति भण्डारी

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
महिलाको अस्तित्व स्वीकार्दा मुलुकमा निकै ठूलो परिवर्तन हुने : राष्ट्रपति भण्डारी

Share

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीलेमहिलासम्बन्धी कानूनी र संवैधानिक परिवर्तन गरी महिलाको अस्तित्व स्वीकार्दा मुलुकमा निकै ठूलो परिवर्तन हुने बताएकी छन् ।

महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोगको ६३ औंं अधिवेशनका अवसरमा आयोजित ‘शक्तिमा महिला’ विषयक उच्चस्तरीय सत्रमा भाग लिँदै लिँदै राष्ट्रपति भण्डारीले महिलाप्रति विभेद समाजले बनाएकाले यो अप्राकृतिक भेदभाव भएको र अपरिवर्तनीय नभएको स्पष्ट पारिन्।

‘महिला नेत्रीले कसरी विश्व परिवर्तन गर्छन्’ भन्ने विषयको उच्चस्तरीय गोलमेच छलफल (सत्र)मा उनले लैङ्गिक समानता जीवन जगत् र दार्शनिक रुपमा सहअस्तित्वको विषय भएको बताउँदै महिलालाई हेर्ने कमजोर दृष्टिकोणले समाजलाई पछाडि पार्ने औँल्याइन् ।

उनले उक्त अधिवेशनका अवसरमा भनिन्, ‘मलाई जनता, आममानिस र महिलाको सम्मान, प्रतिष्ठा र सशक्तीकरणका लागि काम गर्न कहिल्यै थकाइ लाग्दैन ।’

तपाईको प्रतिक्रिया