नेकपाकी सांसद तथा संसदीय दलकी सचेतक शान्ता चौधरी बेहोस भएपछि अस्पतालमा भर्ना

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
नेकपाकी सांसद तथा संसदीय दलकी सचेतक शान्ता चौधरी बेहोस भएपछि अस्पतालमा भर्ना

Share

नारीकोसिस डटकम फागुन २८, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सांसद तथा संसदीय दलकी सचेतक शान्ता चौधरी कार्यक्रमस्थलमै बेहोस भएपछि अस्पताल भर्ना भएकी हुन् ।

मंगलबार तुलसीपुरमा सरकारी वकिलको कार्यालयको उद्घाटन कार्यक्रममा सहभागी नेकपाकी सचेतक चौधरी कार्यक्रमस्थलमै बेहोस भएकी थिइन् ।

बेहोस हुनासाथ चौधरीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भर्ना गरिएको उनका स्वकीय सचिव सन्तोष दहितले जानकारी दिए ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि लगिएको थियो । चौधरीलाई अहिले आकस्मिक कक्षमा राखेर उपचार  भइरहेको अस्पताल प्रसाशनले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया