विद्युत सर्टका कारण आगलागी हुँदा ७ लाखको धनमाल नष्ट

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
विद्युत सर्टका कारण आगलागी हुँदा ७ लाखको धनमाल नष्ट

Share

नारीकोसिस डटकम फागुन २९, महोत्तरी । विद्युत सर्टका कारण आगलागी हुँदा ७ लाख भन्दा बढी धनमाल नष्ट भएको छ ।

भङ्गाहा नगरपालिका–४ रामनगरस्थित बिजुली ठाकुर बडहीको घरमा बुधबार बिहान पक्की घरको मुख्य राखन धरन गरिने कोठामा बिजुली पङ्खाबाट विद्युत सर्ट भइ आगलागी भएको हो ।

घटनामा मानवीय क्षति भने नभएको र लत्ताकपडा, धातुका भाँडाकुँडा र गरगहना जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको हो ।

आगलागी हुनासाथ सीतापुर प्रहरी चौकीबाट पुगेका प्रहरी र त्यहाँका स्थानीयबासीले आगो निभाएका थिए ।

तपाईको प्रतिक्रिया