किशमिश खाँदा फाइदा

नारीकोसि डटकम किशमिश सेवन गर्दा मानव स्वास्थ्यलाई फाइदा गर्छ । खाँदा पनि स्वादिलो र फाइदा पनि छ । निम्न छन् किशमिशका फाइदाहरु :
१.हड्डी बलियो : किशमिशमा बोरोन नामक माइक्रो न्यूट्रिएंट्स नामक तत्व हुन्छ । जसले हड्डी बलियो बनाउन मद्दत गर्छ ।
२.स्वस्थ मुटु : किशमिशमा प्रशस्त मात्रामा फाइबर पाइन्छ । नियमति रुपमा यसको सेवन गर्नाले कोलेस्टेरोल कम गर्न मद्दत गर्छ र मुटु सम्बन्धी रोग लाग्न बाट बचाउँछ ।
३.आँखा तेजिलो : किशमिशमा एन्टीअक्सिडेन्ट, भिटामिन ए, बिटाक्यारोटिनाइड पाइन्छ । जसले आँखा तेजिलो बनाउन मद्दत गर्छ ।
४.एसिडिटी : किशमिशमा म्याग्नेसियम तथा पोटासियम प्रशस्त मात्रामा पाइन्छ । यसले शरीरमा एसिडको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ र एसिडिटी सम्बन्धी समस्याबाट टाढा राख्छ ।
५.रगतको कमी : किशमिशमा प्रसस्त मात्रामा आइरन हुन्छ । यसको नियमित सेवन गर्नाले शरीरमा रगतको कमी हुनबाट बचाउछ ।
६.तौल बढाउन : किशमिशमा फ्रक्टोज तथा ग्लुकोज पर्याप्त मात्रामा हुन्छ । नियमित सेवनले शरीरमा शक्ति पैदा गर्नुका साथै तौल कम हुनेहरुका लागि तौल बढाउन मद्दत गर्छ ।
७.स्वस्थ मुख : यसमा हुने ओलीनोलिक एसिडले मुखमा हुने ब्याक्टेरियालाई नष्ट गर्छ । किशमिशलाई नियमित सेवन गर्नुपर्दछ ।
तपाईको प्रतिक्रिया