बुटवलको गोयन्का स्टिल उद्योगमा भीषण आगलागी

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
बुटवलको गोयन्का स्टिल उद्योगमा भीषण आगलागी

Share

नारीकोसिस डटकम फागुन ३०, बुटवल । मायादेवी गाउँपालिका–५ सेमरीस्थित गोयन्का स्टिल उद्योगमा भीषण आगलागी भएको छ ।

बिहीबार दिउँसो साढे एक बजे तिर आगलागी भएको हो । भैरहवा र लुम्बिनीका दुई दमकलले चाँडै नै आगो निभाउन सफल भएको कम्पनीका कर्मचारीले जानकारी गराए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी धर्मराज भण्डारीका अनुसार उद्योगमा रहेको तेलको ट्यांकी विस्फोट भएर आगलागी भएको हो ।

उक्त घटनामा मानवीय क्षति नभएको र भौतिक क्षतिबारे पूर्ण विवरण आउन केही समय लाग्ने प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया