डडेल्धुरामा वडाध्यक्षको मोटरसाइकलमा आगजनी

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
डडेल्धुरामा वडाध्यक्षको मोटरसाइकलमा आगजनी

Share

नारीकोसिस डटकम/चैत १, डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिका ४ का वडा अध्यक्ष पदम बिष्टको मोटरसाइकलमा अज्ञात समूहले आगजनी गरिदिएको छ ।

वडा अध्यक्ष बिष्टको मोटरसाइकल केही दिन अगाडि मात्र वडा कार्यालयको नाममा खरिद गरिएको थियो । मोटरसाइकलको नम्बर से ७ प ३६९० भए पनि नम्बर प्लेट समेत राखिएको थिएन ।

घरमै पार्किङ गरेको मोटरसाइकलमा आगजनी भएको बेलापुर प्रहरी चौकी सेरीका प्रहरी सहायक निरीक्षक कर्णबहादुर सार्कीले जानकारी दिए ।

अध्यक्ष बिष्टले आगजनी गर्ने कसैमाथि शंका नभएको बताएपछि प्रहरीलाई अनुसन्धानमा चुनौती भएको छ ।

तपाईको प्रतिक्रिया