ट्याक्टरको ठक्करबाट इन्जिनियरको मृत्यु

नारीकोसिस डटकम चैत१, वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा कार्यरत इन्जिनियरको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका घर भएका ४० वर्षीय दिपेन्द्र गुरुङको मृत्यु भएको हो ।
बिहीबार राति ९ बजेतिरको समयमा विपरीत दिशाबाट आइरहेको ना३त ३६९३ नम्बरको ट्याक्टर र ना१प २६२६ नम्बरको मोटरसाइकल वीरगञ्जतर्फ फर्कने क्रममा वीरगञ्ज महानगरपालिका १९ विन्दवासिनी चोकमा ट्याक्टरको टायर उछिट्टिएर गुरुङलाई लागेको थियो ।
गुरुङको एलएस न्युरो अस्पताल पानीट्याङकी वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको पर्साका जिल्ला प्रहरी कार्यालयले पर्साका डीएसपी मानबहादुर राईले जानकारी दिए ।
ट्याक्टर चालक फरार रहेको तर ट्याक्टर धनीको पहिचान भइसकेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
तपाईको प्रतिक्रिया