हात चम्किलो बनाउने घरेलु उपायहरु

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
हात चम्किलो बनाउने घरेलु उपायहरु

Share

नारीकोसिस डटकम/अनुहारको सुन्दरता कायम राख्न अनेक उपाय अपनाउने गछौं, त्यसै गरी हातगोडाको सुन्दरतामा पनि चासो राख्नुपर्दछ ।

एकातिर केयर नगर्नु तथा अर्कोतिर घाम र धुलोले डढ्नु र फुट्नु हातको सुन्दरता बिग्रिने कारण बन्छ । तपाईंको पनि अनुहारको तुलनामा हात नराम्रो भएको छ भने घरमै घरेलु उपायहरु अपानउनुहोस्

१.काँचो दूध:
हातको छालाको रंग सफा गर्न तथा चम्किलो बनाउन काँचो दूध निकै राम्रो हुन्छ । काँचो दूधले हातको छालामा मसाज गर्नुहोस्, केही दिनमै हात गोरो र सुन्दर देखिन थाल्छ ।

२.कागती:
कागतीमा सिट्रिक एसिड पाइन्छ, जसले छालामा रहेको कालोपत्रलाई सफा गरिदिन्छ । कागतीको टुक्रालाई हातमा रगड्नुहोस्, छालाको रंग उज्यालो बन्छ । कागतीको रसमा नुन र सक्खर मिलाएर ‘स्क्रब’ गर्नु अझ राम्रो हुन्छ ।

३.गोलभेँडाको रस:
गोलभेँडाको रसमा थोरै कागतीको रस मिलाएर हातमा लगाउने । केहीबेर राम्रोसँग मसाज गर्ने । हप्तामा दुईपटक यो काम गर्नुहोस्, हातको छालाको रंगमा परिवर्तन आउँछ ।

४.बेसन:
चनाको पिठो अर्थात् बेसनले हातको छालामा निखार ल्याउन मद्दत गर्छ । बेसनमा काँचो दूध या बेसार मिलाएर पेस्ट तयार गर्ने र हातमा लगाएर १५ मिनेटसम्म छोडिदिने । १५ मिनेटपछि धोएर हेर्नुहोस्, तत्काल छालामा फरकपन पाउनुहुनेछ ।

५.आलुको रस:
काँचो आलुको रस निकालेर हातमा लगाउने । लगभग २० मिनेटसम्म यसलाई हातमै रहन दिने र पछि पानीले धुने । एक हप्तामा दुई–तीन पटक गर्दा हात राम्रो हुदैं जान्छ ।

तपाईको प्रतिक्रिया