जेष्ठ १३ देखि बुद्ध एयरले कोलकाता उडान गर्ने

नारीकोसिस डटकम/चैत्र १, काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले जेष्ठ १३ देखि कोलकाता उडान गर्ने भएको छ ।
यस अघि वैशाख २ देखि कोलकाता उडान भर्ने योजना बनाएको बुद्धले भारतमा लोकसभा निर्वाचन हुने भएकाले उडान समय परिवर्तन गरेको हो ।
कोलकोता उडान एटिआर ७२–५०० जहाजले साताको नियमित ३ उडान भर्नेछ ।
निर्वाचनले उडान मिति परिवर्तन भएपनि उडान समय तालिकाभने परिवर्तन नभएको कम्पनीले जनाएको छ । उडान हरेक साताको सोमबार, बुधबार र शुक्रबार हुने जनाएको छ ।
लोकसभा निर्वाचन भारतमा यही अप्रिल ११ देखि मे १९ सात चरणमा सञ्चालन हुनेछ । भारतीय यात्रुहरुको लागि बुद्ध एयरको भगीनी संस्था बुद्ध होलिडेजले विभिन्न धार्मिक तथा पर्यटकीय प्याकेजहरु पनि सञ्चालन गर्नेछ ।
यसका लागि भारतमा डिजिटलका साथै अन्य माध्यमबाट पनि प्रचार प्रसार गरिरहेको छ । यसैगरि नेपाली यात्रुहरुका लागि पनि कोलकोता टुर प्याकेज, गंगासागर तथा जग्गनाथपुरी दर्शन प्याकेज ल्याएको छ ।
तपाईको प्रतिक्रिया