सरकारले दियो ३०७६ सालमा १५ दिन सार्वजनिक विदा

नारीकोसिस डटकम/चैत्र १, काठमाण्डौं । सरकारले २०७६ सालको सार्वजनिक विदा १५ दिन दिएको छ । शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरी गृह मन्त्रालयले देशैभरी विदा हुने गरी जम्मा १५ दिन मात्र सार्वजनिक विदा दिएको हो ।
सरकारले बैशाख १ गते (नयाँ वर्ष) र वैशाख १८ गते (विश्व मजदुर) दिवसका दिन देशभर सार्वजनिक विदा दिइएको छ ।
यसै गरी जेठ महिनामा एक दिनमात्र ४ गते, असोज ३ गते संविधान दिवसको दिन सार्वजनिक विदा दिइएको छ । र असोजकै १८ गते देखि २२ गतेसम्म अर्थात फूलपातीदेखि एकादशीसम्म ५ दिन सार्वजनिक विदा दिइएको छ ।
कात्तिक १० गतेदेखि १२ गते सम्म अर्थात लक्ष्मीपूजादेखि भाइटीकासम्म ३ दिन विदा दिइएको छ ।
मंसिर, पुस र माघ महिनामा देशभर लागू हुने गरी विदा दिइएको छैन । फागुन महिनामा ९ गते (महाशिवरात्री) र फागुन २५ गते (अन्तर्राष्ट्रिय महिला दिवस) मा सार्वजनिक विदा दिइएको छ । त्यस्तै फागू पूर्णिमाका दिन फागुन २६ गते पहाड र भित्री मधेसका ५८ जिल्लामा र बाँकी जिल्लामा फागुन २७ गते सार्वजनिक विदा दिइएको छ ।
महिला कर्मचारीहरुलाई भदौ १६ गते (तीज) का दिन सार्वजनिक विदा दिइएको छ । जितिया पर्व मनाउने मधेसका महिला कर्मचारीले भने असोज ५ गते आइतबार पनि विदा पाउनेछन् ।
अपांगता भएका कर्मचारीलाई मंसिर १७ गते अन्तर्राष्ट्रिय अपांगता दिवसमा विदा दिइएको छ भने शिक्षण संस्थाहरुमा माघ १६ गते श्रीपञ्चमीको दिन पनि विदा दिइएको छ ।
सरकारले धर्म, संस्कृति, भौगोलिक क्षेत्र, स्थान विशेषका लागि पनि सार्वजनिक विदा दिएको छ ।
तपाईको प्रतिक्रिया