भीरमा लागेको आगो बस्तीमा सल्किँदा ६ घर नष्ट

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
भीरमा लागेको आगो बस्तीमा सल्किँदा ६ घर नष्ट

Share

३ चैत, पाँचथर । पाँचथर जिल्लाको हिलिहाङ्ग गाउँपालिका–३ स्थित डाँडेको रमिते भन्ने भीरमा लागेको आगो गाउँमा फैलिँदा ६ घर  जलेर नष्ट भएका छन् ।

गएराति लागेको आगोले मनप्रसाद पालुङ्वा, हर्कबहादुर पालुङ्वा, राजकुमार पालुङ्वा, वेदमाया पौड्याल, डम्बरबहादुर पालुङवा र धनप्रसाद पालुङवाको घर जलेर नष्ट भएको हो ।
आगलागी भएका घरमध्ये मनप्रसाद पालुङ्वा, हर्कबहादुर पालुङ्वा, राजकुमार पालुङ्वा र वेदमाया पौड्यालको घर पूर्णरूपमा जलेको गाउँपालिका–३ का वडा सदस्य धनबहादुर पालुङवाले जानकारी दिए । आगलागीका कारण के कति क्षति भयो भन्ने यकिन हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया