पत्नीको उपचार गर्नको लागि, प्रचण्ड अमेरिका जाँदै

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
पत्नीको उपचार गर्नको लागि, प्रचण्ड अमेरिका जाँदै

Share

नारीकोसिस डटकम/ चैत ३, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) अमेरिका जाँदैछन् । पत्नी सीता दाहालको उपचारका लागि उनी आइतबार साँझ अमेरिका जान लागेका हुन् ।

प्रचण्ड र सीतासँगै छोरी गंगा र ज्वाइँ जीवन आचार्य पनि अमेरिका जानेछन् । उनीहरु साँझ पाँच बजे अमेरिका प्रस्थान गर्ने प्रचण्डको सचिवालयले जनाएको छ ।

चिकित्सकले सीतालाई पार्किन्स भएको बताएका छन्, उनलाई सुगर र उच्च रक्तचापको समस्या पनि छ । छोरा प्रकाशको गत वर्ष निधन भएपछि सीता थप बिरामी छिन् ।

सीताको स्वास्थ्यमा समस्या देखिएपछि गत असोजमा उपचारका लागि सिंगापुर लगिएको थियो । त्यसयता ठिक भए पनि पुनः स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड पत्नीलाई लिएर आज अमेरिका जान लागेका हुन् ।

 

तपाईको प्रतिक्रिया