ट्रक एक आपसमा ठोक्किँदा १ जनाको मृत्यु २ जना गम्भीर घाइते

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
ट्रक एक आपसमा ठोक्किँदा १ जनाको मृत्यु २ जना गम्भीर घाइते

Share

नारीकोसिस डटकम/ चैत ३, नवलपरासी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको कावासोतीमा दुईवटा ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन् ।

कावासोतीको खरकट्टा जंगलमा आइतबार बिहान दुई बजेतिर ना ७ ख १०९९ र ना ६ ख ११९४ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा सो दुर्घटना भएका हो । अनराम राखलको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा दाङकै सुदिप राई र विनोद लामा गम्भीर घाइते भएका छन् ।

उनीहरुलाई उपचारका लागि चितवनको भरतपुर लगिएको छ । राखलको शवलाई पोस्टमार्टमका लागि दुम्कौली स्वा.स्थ्य केन्द्र देवचुलीमा पठाइएको नवलपुर प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया