राप्ती प्राविधिक शिक्षालयमा, १५ सयलाई रोजगार तालिम दिँदै

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
राप्ती प्राविधिक शिक्षालयमा, १५ सयलाई रोजगार तालिम दिँदै

Share

नारीकोसिस डटकम/ चैत ३, दाङ । नेपाल सरकारको स्वरोजगार अवधारणा अनुरूप दाङमा पन्ध्र सयलाई यस वर्ष विभिन्न तालीम दिइने भएको छ ।

नेपालमै युवायुवतीलाई विभिन्न व्यावसायिक तालीम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गरी स्वरोजगार बनाउन तालीम दिन शुरु गरिएको मोतीलाल चौधरीको भनाइ छ ।

प्राविधिक शिक्षालयले ब्युटिसियन, सिलाइकटाइ, पेन्टर, प्लम्बर, जुनियर मेकानिक्स, अप्टिकल डिस्पेन्सर चश्मा बनाउने तालीम लगायतका १९ वटा तालीम यस वर्ष सञ्चालन गरेको बताएको छ । त्यस्तै लमहीमा शनिबारदेखि ६५ दिने अप्टिकल डिस्पेन्सर चश्मा बनाउने तालीम शुरु भएको छ ।

तपाईको प्रतिक्रिया